पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने: शङ्कर पोखरेल

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने बताएका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय युवा कमिटीको दोस्रो राष्ट्रिय युवा महिला भेलाको उद्घाटन गर्दै आज उनले भने, “पार्टीका हरेक कमिटीमा युवाहरू ३३ प्रतिशत पु¥याउने गरी पार्टीले काम गरिरहेको छ, तीनपुस्ताको संयोजन गरेर पार्टीलाई अगाडि बढाउनुपर्छ भनेर हामी लागिरहेका छौँ ।”
महासचिव पोखरेलले अहिले पार्टीमा युवाको राम्रो उपस्थिति रहेको पनि उल्लेख गरे । उनले पार्टीका हरेक गतिविधिमा युवालाई प्रतिपस्र्धी बनाएर अब्बल बनाउने र महिला सशक्तीकरण तथा सहभागिता वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे । अनेमसङ्घले युवा महिला सशक्तीकरण र सहभागिता वृद्धि गर्ने उद्देश्यले आज राष्ट्रिय युवा महिला भेला आयोजना गरेको हो ।
‘समुद्ध नेपालः सुखी नेपाली’ को सङ्कल्प पूरा गर्दै समान सहभागिताका लागि सुदृढ सङ्गठन बनाउने सोचका साथ भेला आयोजना गरेको अनेम सङ्घका अध्यक्ष टुकाभद्र हमालले जानकारी दिए । युवा कमिटीका संयोजक विन्दु अधिकारीले युवा उमेर व्यक्तित्व निर्माणदेखि राष्ट्र निर्माणमा महत्त्वपूर्ण भएकाले उत्पादन, उद्यमशीलता र रोजगारीमा लगाउनुपर्ने बताए ।
भेलामा उत्पादन, उद्यमशीलता, रोजगारीमा युवा महिलाहरूको अवस्था र सम्भावना, युवा महिलाको नेतृत्व, सशक्तीकरणका अभ्यास र भावी रणनीति, प्रगतिशील संस्कृति, सामाजिक रूपान्तरण र युवा महिला, राजनीतिक दल तथा अन्य सङ्गठनमा युवा महिला नेतृत्व र लैङ्गिक समानताका सवालमा छलफल भइरहेको छ ।
सम्मेलनमा प्रदेश र जिल्ला कमिटीबाट करिब पाँच सय युवा महिलाको सहभागिता रहेको छ । अनेमसङ्घले सातौँ राष्ट्रिय सम्मेलनमार्फत नेतृत्वमा युवाको सहभागिता बढाउने उद्देश्यले कमिटीमा युवा महिलाका लागि ३० प्रतिशत स्थान सुरक्षित गर्ने नीति पारित गरेको छ । सम्मेलनपश्चात् अनेमसङ्घ केन्द्रीय युवा कमिटी गठन गरी प्रदेश, जिल्ला तथा पालिका तहमा समेत युवा कमिटी निमाण गर्ने जनाइएको छ ।










ओलीलाई शुभकामना दिँदै विद्या भण्डारीले भनिन् – पार्टी एकतालाई सुदृढ बनाउने विश्वास लिएको छु
एमालेले महाधिवेशन गरेकाे भृकुटीमण्डपमै प्रचण्ड नेतृत्व नेकपाले आज सभा गर्दै
तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया