अनुराग कश्यपलाई गालीगौलजको मुद्दामा भारतीय अदालतमा उपस्थित हुन आदेश

मुम्बई । ब्राह्मण माथिको विवादास्पद बयानका कारण फिल्म निर्माता निर्देशक अनुराग कश्यपको समस्या थप बढेको छ । निर्देशकले माफी मागे पनि उनको पिडा कम हुने संकेत देखिदैन ।
यसैबिच, सुरतको न्यायिक मजिस्ट्रेट प्रथम श्रेणी (जेएमएफसी) अदालतले उनीविरुद्ध नोटिस जारी गर्दै अदालतमा उपस्थित हुन आदेश दिएको छ। सुरतको जेएमएफसी अदालतले अनुरागविरुद्ध नोटिस जारी गर्दै मे ७ मा अदालतमा उपस्थित हुन आदेश दिएको हो ।
ब्राह्मण समुदायका तर्फबाट सूरतका वकिल कमलेश रावलको उजुरी पछि यो सूचना जारी गरिएको हो । अदालतमा उजुरी गर्ने अधिवक्ता कमलेश रावलले अनुराग कश्यपको सामाजिक सञ्जालको गरेको पोस्ट र माफी मागेको प्रमाणका रूपमा अदालतमा पेश गरेका थिए ।
सुरतका वकिल कमलेश रावलले भने, ‘हालसालै अनुराग कश्यपले सामाजिक सञ्जालमा ब्राह्मण समुदायविरुद्ध अभद्र टिप्पणी गरेका थिए । जब आदित्य दत्त नामका एक व्यक्तिले कश्यपलाई यी सबै नभन्न आग्रह गरे, उनले उल्टै गाली गरेका थिए र झन झन विवादास्पद टिप्पणी गरिरहे। मैले यस विषयमा गुनासो गरेको छु, जसमा अनुराग कश्यपलाई मे ७ मा अदालतमा उपस्थित हुन नोटिस दिइएको छ ।’
अनुराग कश्यप वा उनका वकिललाई अब मे ७ मा अदालतमा हाजिर हुनु पर्नेछ । यदि उनी अदालतमा उपस्थित भएनन् भने अदालतले एकतर्फी निर्णय दिन सक्छ। फिल्म निर्माता निर्देशक अनुराग कश्यपको ब्राह्मणलाई लिएर विवादास्पद बयानले थप बिबादमा परेका छन् ।
यसैबीच, कश्यपले मंगलबार सामाजिक सञ्जालमा पोष्ट गर्दै फेरी माफी मागेका छन् । निर्देशक कश्यपले आफुले रिसमा आफ्नो सौन्दर्य बिर्सेको पनि बताएका छन् । यसबाहेक, उनले अबको कुराकानीको समयमा सही शब्दहरू प्रयोग गर्न ध्यान दिने प्रतिबद्तासमेत जनाइसकेका छन् । तर अहिले उनको माफीले पनि काम गरिरहेको छैन । अनुरागले माफी माग्नुका साथै अब यस्तो गल्ती कहिल्यै नगर्ने बताइसकेका छन ।
यो विवाद गत शुक्रबार सुरु भएको थियो, जब अनुराग कश्यपले इन्स्टाग्राममा एक प्रयोगकर्तालाई जवाफ दिँदै ब्राह्मणहरूको बारेमा धेरै लाजमर्दो कुरा लेखेका थिए, जसले सोशल मिडियामा ठूलो हंगामा मच्चाएको थियो र मानिसहरूले उनको कडा आलोचना गरिरहेका छन् ।
उनी नेपाली फिल्म ‘राजागञ्ज’ का सह निर्माता पनि हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘आँप झरयो’ भन्ने अभिब्यक्ति राखेर बिबादमा परेको सो फिल्म नेपालमा भने फ्लप भएको थियो । बिकास वोर्डले सो सिनमा कट गरे पछि ‘अभिब्यक्ति स्वतन्त्रता हनन’ भन्दै नेपालमा बहससमेत भएको थियो ।
प्रतिक्रिया