ललितपुरले जित्यो एनएसएल तेस्रो संस्करणको उपाधि
मेरोन्यूज
२०८२ वैशाख १३ गते २०:५४

काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर एफसीले जितेको छ । दशरथ रंगशालामा भएको खेलमा ललितपुरले पोखरालाई २-१ गोलले हराएको हो ।
दशरथ रंशगालामा भएको खेलमा लिगको अपराजित ललितपुरले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा पोखराले एक गोल फर्काए पनि खेलको ७४ औँ मिनेटमा दोस्रो गोल गर्दै ललितपुरले जित सुनिश्चित गर्यो ।
ललितपुरका लागि खेलको ४२औँ मिनेटमा इमोह इजेकेलले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । खेलको ६३औँ मिनेटमा पोखराका सुदील राईले गोल गर्दै टोलीलाई बराबरी गोल फर्काएका थिए । खेलको ७४औँ मिनेटमा पापा इबोउ केबेले गोल गर्दै ललितपुरलाई उपाधि दिलाए ।
दाेस्राेपटक विजेता बनेकाे ललितपुरले ८० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । उपविजेता पाेखराले भने ३० लाख रुपैयाँ पाउनेछ ।
सम्बन्धित











ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला
रमेश लेखक आयोगमा बयान दिन जाने
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया