ललितपुरले जित्यो एनएसएल तेस्रो संस्करणको उपाधि
मेरोन्यूज
२०८२ वैशाख १३ गते २०:५४

काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर एफसीले जितेको छ । दशरथ रंगशालामा भएको खेलमा ललितपुरले पोखरालाई २-१ गोलले हराएको हो ।
दशरथ रंशगालामा भएको खेलमा लिगको अपराजित ललितपुरले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा पोखराले एक गोल फर्काए पनि खेलको ७४ औँ मिनेटमा दोस्रो गोल गर्दै ललितपुरले जित सुनिश्चित गर्यो ।
ललितपुरका लागि खेलको ४२औँ मिनेटमा इमोह इजेकेलले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । खेलको ६३औँ मिनेटमा पोखराका सुदील राईले गोल गर्दै टोलीलाई बराबरी गोल फर्काएका थिए । खेलको ७४औँ मिनेटमा पापा इबोउ केबेले गोल गर्दै ललितपुरलाई उपाधि दिलाए ।
दाेस्राेपटक विजेता बनेकाे ललितपुरले ८० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । उपविजेता पाेखराले भने ३० लाख रुपैयाँ पाउनेछ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया