बुधबार, वैशाख १७, २०८२

नाउपाका संरक्षक चौधरी पक्राउप्रति सिके राउतको आपत्ति

मेरोन्यूज २०८२ वैशाख १७ गते १५:३९

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रकाउ गरेकोप्रति सिके राउतले विराेध जनाएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत उनले एकताको कार्यक्रमस्थलबाटै पक्राउ गरिनु नियोजित षड्यन्त्र भएको आराेप लगाएका छन् ।

चौधरीलाई पक्राउ गर्दैमा आफुहरुकाे एकता भने नभाँडिने राउतले स्पष्ट पारेका छन् । केही दिनभित्रै बैठकबाट एकताको मिति घोषणा गरी एकता प्रक्रियाले पूर्णता पाउने उनले जानकारी दिए ।

उनले लेखेका छन् :

‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राऊ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ,यसको हामी घोर भर्त्सना गर्दछौं, राउतले भनेका छन्,  यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्र्ण नेता कार्यकर्ताहरूलाई आ-आफ्नो घर जान आग्रह गरिएको छ। बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं’ ।

प्रतिक्रिया