बुधबार, वैशाख १७, २०८२

गृहमन्त्री र भाजपा विदेश प्रमुखबीच भेटवार्ता

मेरोन्यूज २०८२ वैशाख १७ गते १५:५९

काठमाडौं। गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेबीच आज भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा बुधबार दिउँसो लेखक र चौथाइवाले बिचमा भेटवार्ता भएको हो । 

तीन दिने नेपाल भ्रमणका लागि चौथाईवाले बुधबार बिहान काठमाडौं आएका हुन् । उनले यस क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता गठबन्धनका प्रमुख नेताहरु शेरबहादुर देउवासहित प्रतिपक्षी दलका नेता र तराइ मधेस केन्द्रित दलका नेतासँग भेटबार्ता गर्नेछन् ।

प्रतिक्रिया