दुई पालिका जोड्ने सेती नदीमा पक्की पुल निर्माण हुँदै

काठमाडौँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि मोटर गुड्ने पुल निर्माणको काम धमाधम भइरहेको छ ।
व्यासको वडा नम्बर–३ को देउराली नगर र ऋषिङ गाउँपालिका-१ को झापुटार जोड्ने पुलको निर्माण कार्यले गति लिएको हो ।
निर्माण कम्पनीको ढिलासुस्तीले केही समय पुल निर्माण कार्य रोकिएकोमा हाल भने धमाधम काम भइरहेको छ । पुलको भौतिक प्रगति ४८ प्रतिशत पुगेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख सिनियर डिभिजन इन्जिनियर रवीन्द्र तिवारीले जानकारी दिए ।
“पटक-पटक ताकेता गरेपछि निर्माण कम्पनीले हाल तीव्र रूपमा काम गर्न थालेको हो”, उनले भने “पुलको स्टील पाटर्सको निर्माण हुने भएकाले फेब्रिकेसन कार्य भइसकेको छ ।” दुई ‘स्पाम’ मध्ये चालु आर्थिक वर्षमा एक ‘स्पाम’ निर्माण कार्य पूरा हुने गरी काम गरिरहेको छ, भने बाँकी अर्को एक ‘स्पाम’ निर्माणको लागि निर्माण कम्पनीले भारतबाट समान ल्याइसकेको उहाँले बताउनुभयो । गण्डकी प्रदेश सरकारको रू ३२ करोड ४० लाख २७ हजार तीन सय ९४ को लागतमा पुल निर्माण भइरहेको तिवारीले जानकारी दिए ।
कार्यालयका अनुसार पुल निर्माणका लागि विसं २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौँसँग सम्झौता भएको थियो । एक सय ५५ मिटर लामो रहने पुलको चौडाइ ९ दशमलव ५० मिटर रहनेछ । पाइल फाउन्डेसनमा निर्माण हुने पुल ‘स्टील ट्रस’ को हुनेछ ।
उक्त पक्की पुल तीन वर्षमा निर्माण सम्पन्न गर्ने म्यादसहित विसं २०७७ चैत २३ गते पक्की पुल शिलान्यास गरिएको थियो । सम्झौता अनुसार काम भएको भए यतिबेला पुल बनेर गाडी गुडिसकेको हुने थियो ।
सम्झौताको अवधिमा विसं २०८० जेठ ९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो । उक्त पुलको हालसम्म तीन पटक म्याद थप भइसकेको र अन्तिम पटकका लागि विसं २०८२ असोजसम्म म्याद थप गरिएको कार्यालयले जनाएको छ ।
पुल निर्माणपछि व्यास नगरपालिका ऋषिङ गाउँ पालिकाका जनतालाई आवतजावतमा सहज हुनेछ । हाल सोही ठाउँमा झोलुङे पुलबाट मानिस र मोटरसाइकल आवतजावत गर्छन् । त्यसको करिब एक किलोमिटरमाथि तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा पक्की पुल निर्माण गरिएको छ । त्यहाँबाट दमौली आउनुपर्दा करिब तीन किलोमिटर दूरी तय गर्नुपर्छ ।
पुल निर्माण पूरा भएपछि दमौली आउन पाँच सय मिटर दूरी मात्रै लाग्छ । झोलुंगे पुलबाट मोटरसाइकल गुडाइदिँदा पैदलबाट वारपार गर्नेलाई समस्या हुँदै आएको छ ।
स्थानीयवासीले वर्षौदेखि सेती नदीमाथि पक्की पुलको माग गर्दै आएका थिए । पुल निर्माणले गति लिएसँगै स्थानीय बासिन्दामा खुसी छाएको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया