पत्रकार महासङ्घद्वारा निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडाैं । नेपाल पत्रकार महासङ्घले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
विश्वभर हरेक वर्ष ३ मेमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइन्छ । सोही अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा महासङ्घको केन्द्रीय कार्यालयमा नसर्ने रोगको परीक्षण गरिएको हो ।
शिविरमा बीएमआई (बडी मास इन्डेक्स), उच्च रक्तचाप, मधुमेह, मृगौलासम्बन्धी जाँच गरिएको थियो । पाठेघरको मुखको स्क्रिनिङ भने नाम टिपाएकाहरूले पायक पर्ने सरकारी अस्पतालमा गर्न सकिने आयोजकले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मानिसको व्यस्तता बढेसँगै जीवनशैलीमा परिवर्तन आएका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको बताए । उनले भने, ‘नसर्ने रोग रोकथाम गर्न सकिने रोग हो । बेलैमा रोकथाम गर्न सके पछि जटिल रोग लाग्दैन । स्वस्थ्य जीवनशैली अपनाउनुपर्छ । शारीरिक र मानसिक स्वास्थ्य दुवै महत्त्वपूर्ण छ ।’
जनस्वास्थ्य कार्यालय, काठमाडौंका प्रमुख वसन्त अधिकारीले नियमित व्यायाम तथा स्वस्थ खानपानमा ध्यान दिँदा नसर्ने रोगबाट बच्ने सकिने बताए । उनले भने, ‘नेपाली समाजमा हेर्ने हो भने मोटोपन, मधुमेह, हाइपरटेन्सन बढ्दो छ । नसर्ने रोगको नियन्त्रणमा सबै लाग्नुपर्छ ।’
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले समाचारलाई पहिलो प्राथमिकतामा राख्ने पत्रकारहरूले स्वास्थ्यको ध्यान सोचेजस्तो राख्न नसकेको बताइन् । उनले भनिन्, ‘पत्रकारहरू असुरक्षित वातावरण तथा भौतिक आक्रमणको सामना गरिरहेका हुन्छन् । तथापी जहिल्यै पनि समाचारलाई पहिलो प्राथमिकतामा राख्छन् । स्वास्थ्यप्रति सजग हुनुपर्छ भनेर थाहा हुँदाहुँदै पनि नियमित परीक्षण गरिरहेका हुँदैनन् । स्वास्थ्यप्रति सचेतना फैलाउन यो शिविर आयोजना गरेका हौँ ।’
















यस्तो छ आजको मौसम पूर्वानुमान
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
प्रतिक्रिया