मनमोहन स्मृति क्रिकेट : पुलिस क्लब फाइनलमा

मोरङ । नेपाल पुलिस क्लब विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
विराटनगर–१९ बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा समूह ‘बी’ मा रहेको पुलिस क्लबले आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरी फाइनलमा स्थान बनाएको हो । यस अघि समूह ‘ए’ बाट विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको आसाम क्रिकेट क्लबले निर्धारित ५० ओभरको खेलमा ४२ दशमलव दुई बलमा सबै विकेट गुमाएर एक सय ५४ रन बनायो । आसामका लागि राज विश्वासले ३३ रन, अरुण सोनारले ३१, केभिन सञ्जिव क्रिस्टोफरले २३, हियेन कश्यपले १९ र कप्तान गोकुल शर्माले १० रन बनाए ।
बलिङतर्फ पुलिस क्लबका श्रवण यादव र अरुण ऐरीले तीन÷तीन विकेट लिए ।
एक सय ५५ रनको लक्ष्य पुलिस क्लबले २६ दशमलव एक बलमा चार विकेटको क्षतिमा प्राप्त गर्यो । पुलिसका लागि ‘प्लेयर अफ दी म्याच’ कप्तान अमित श्रेष्ठले ७२ बलमा तीन छक्का र पाँच चौकामो मद्दतमा अविजित ७१ रन योगदान दिए । यस्तै शङ्कर रानाले ६७ बलमा चार छक्का र ४ चौका प्रहार गर्दै अविजित ६३ रन बनाए ।
बलिङतर्फ आसामका कप्तान गोकुल शर्माले तीन विकेट लिए । फाइनल खेल आर्मी र पुलिस क्लबबीच शनिबार हुनेछ ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया