पाकिस्तानका एफएममा भारतीय गीत बजाउन प्रतिबन्ध

इस्लामबाद। पहलगाममा भएको आतंकवादी हमलापछि भारत सरकारले सबै पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाएको छ । उनको सामाजिक सञ्जाल अकाउन्ट पनि ब्लक गरिएको छ । यससँगै भारतमा १६ पाकिस्तानी युट्युब च्यानललाई पनि प्रतिबन्ध लगाइएको छ ।
यो कदमबाट आक्रोशित बनेर अब पाकिस्तानले पनि भारतीय गीतमा प्रतिबन्ध लगाएको छ । पाकिस्तानले बिहीबार मे १ बाट आफ्ना एफएम रेडियो स्टेशनहरूमा भारतीय गीतहरू प्रसारण बन्द गर्ने घोषणा गरेको छ ।
यो जानकारी पाकिस्तान ब्रोडकास्टर्स एसोसिएसन (पीबीए) का महासचिव शकील मसूदले दिए। उनले भने, ‘पीबीएले तत्काल प्रभावबाट देशभरका पाकिस्तानी एफएम रेडियोमा भारतीय गीतको प्रसारण बन्द गरेको छ ।’
पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले पाकिस्तान ब्रोडकास्टर्स एसोसिएसन (पीबीए) को निर्णयको प्रशंसा गरेका छन्। पीबीएलाई लेखेको पत्रमा उनले भने, ‘पीबीएको यो देशभक्तिपूर्ण कदम अत्यन्तै प्रशंसनीय छ र यसले सम्पूर्ण देशको सामूहिक भावना झल्काउँछ।’
उनले पाकिस्तानका एफएम स्टेसनमा भारतीय गीत प्रतिबन्ध लगाउनु भनेको यस्तो कठिन समयमा राष्ट्रिय एकता सुदृढ गर्न र पाकिस्तानको मूल्य मान्यता जोगाउन हामी सबै एकजुट भएर उभिने सङ्केत भएको बताए ।

















Surveillance increased against Nipah virus at western border
किएभमाथि पुनः रुसी आक्रमण
जुम्लाका ५२ मतदानस्थलअति संवेदनशील
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
प्रतिक्रिया