पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न आयोगको आग्रह
मेरोन्यूज
२०८२ वैशाख २० गते १४:४३

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र संरक्षणमा संवेदनशील हुन सरकारलाई आग्रह गरेको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोगले आज एक विज्ञप्ति निकालेर संविधान तथा राष्ट्रिय एवं अन्तरराष्ट्रिय कानूनले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्न आग्रह गरेको हो । आयोगले पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न सरकार लगायत सम्बद्ध सबैमा आग्रह गरेको छ ।
गत चैत १५ गते समाचार सङ्कलनका क्रममा तीनकुनेमा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको र शिक्षक आन्दोलनको समाचार सङ्कलन गर्दा पत्रकार सविना कार्की घाइते भएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको छ ।
सम्बन्धित










एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
प्रतिक्रिया