पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न आयोगको आग्रह
मेरोन्यूज
२०८२ वैशाख २० गते १४:४३

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र संरक्षणमा संवेदनशील हुन सरकारलाई आग्रह गरेको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोगले आज एक विज्ञप्ति निकालेर संविधान तथा राष्ट्रिय एवं अन्तरराष्ट्रिय कानूनले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्न आग्रह गरेको हो । आयोगले पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न सरकार लगायत सम्बद्ध सबैमा आग्रह गरेको छ ।
गत चैत १५ गते समाचार सङ्कलनका क्रममा तीनकुनेमा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको र शिक्षक आन्दोलनको समाचार सङ्कलन गर्दा पत्रकार सविना कार्की घाइते भएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको छ ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया