उपचारका लागि मुम्बई पुगेका अछामका वडासदस्य बेपत्ता

धनगढी। अछाम चौरपाटी गाउँपालिका-४ पायलका वडा सदस्य दीपेन्द्र बहादुर बोहरा भारतमा सम्पर्कविहीन भएका छन् । गाउँपालिका अध्यक्ष भीमबहादुर साउँदका अनुसार विगत चार दिनदेखि भारतको मुम्बईबाट बेपत्ता भएका हुन् ।
उपचारको लागि मुम्बई पुगेका उनी थिए। बोहराले मुम्बईस्थित कोपर खन्ना स्टेसन नजिकैको सेक्टर नम्बर १९ मा आफन्तको घरमा बस्दै उपचार गराइरहेका थिए ।वैशाख १६ गते घुम्न जाने भन्दै घरबाट निस्केदेखि अहिलेसम्म उनी सम्पर्कमा नरहेको गाउँपालिका अध्यक्ष साउदले जानकारी दिए। पालिकाले एक सूचना जारी गर्दा बोहोरा हराएको भन्दै खोजी सुरु गरिएको समेत जनाएको छ । अन्दाजी ४०-४२ वर्षका बोहोराबारे वैशाख १९ गते जारी सूचनामा जनाइएअनुसार वैशाख १६ गतेदेखि बेपत्ता भएका हुन् ।
बोहराको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी नआएको भन्दै अध्यक्ष साउदले खोजी तथा उद्धार कार्यमा जुट्न सम्पूर्ण आफन्तजन, सञ्चारकर्मी, सामाजिक संस्था तथा सरोकारवालाहरूलाई अनुरोध गरेका छन् ।बोहोराको बेपत्ता भएको विषयमा परराष्ट्र मन्त्रालयमा पनि जानकारी गराइसकेको उनले बताए। नेपाली कांग्रेसबाट वडासदस्यमा निर्वाचित बोहोरा न्यायिक समिति सदस्य पनि हुन् ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया