पश्चिमबाट पूर्वतर्फ सर्दै बादल, ठाउँठाउँमा वर्षा

काठमाडौँ। नेपालको पश्चिमी भूभागबाट आज पानी पार्ने बादल विकसित भएर पूर्वतर्फ सरिरहेकाले ठाउँठाउँमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अझै केही दिन बदली कायम रहने जानकारी गराउँदै सावधानी अपनाउन अनुरोध गरेका छन् ।
आज साँझ गण्डकी प्रदेशस्थित गोरखाको हिमाली तथा पहाडी भेगबाट र दार्चुलास्थित सीमा क्षेत्रबाट सुदूरपश्चिमको हिमाली तथा पहाडी क्षेत्रको बाटो हुँदै बादल छिरिसकेको उनले बताए । बादल हिँडेको बाटोमा वर्षा भइरहेको छ । अहिले नेपालमा स्थानीय र पश्चिमी वायु विकसित छ ।
अहिले पनि लुम्बिनी र गण्डकीका थोरै भूभागमा पानी परिरहेको मौसमविद् अधिकारीले जानकारी दिनुभयो । आज दिउँसो बागमती, गण्डकी, मधेश प्रदेश सुदूरपश्चिमलगायत हरेक प्रदेशका केही भागमा पानी परेको थियो भने बागमती र गण्डकीमा अलि बढी पानी परेको पनि अधिकारीले राससलाई जानकारी दिए ।
उनका अनुसार आइतबार र सोमबार पनि बदली रहेको र आजको भन्दा केही बढी बदलीको सम्भावना रहेको छ । हल्कादेखि मध्यमसम्म वर्षा हुने भए पनि ठूलो वर्षाको सम्भावना भने कम रहेको उनले बताए ।
अधिकारीले भने, “भोलि कोशी प्रदेशलगायत हिमाली तथा पहाडी भूभागमा वर्षाको ुम्भावना छ । अलि बढी कोशीमा पर्ने सम्भावना छ ।” वर्षा नभएका ठाउँमा पनि बदली कायम रहने भएकाले गर्मीबाट केही राहत मिल्ने मौसमविद्ले बताएका छन् । अधिकारीले आगामी साता केही सुधारिए पनि बदलीको अवस्थामा रहने बताए।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया