कृषिसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं। संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, अर्थ समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।
कृषि, सहकारी तथा प्राकृति स्रोत समितिको बैठक बिहान साढे १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सम्बन्धी र समग्र कृषि क्षेत्रको विकासमा सिँचाइ, मलखाद, चक्लाबन्दी, प्रविधिको प्रयोग, अनुदान, बजारीकरण लगायत विषयमा कृषि, वन, ऊर्जा, भूमि र अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको वार्षिक प्रतिवेदनबारे आन्तरिक छलफल हुने बताइएको छ ।
अर्थ समितिको बैठक बिहान साढे ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने कार्यसूची छ ।यसैगरी, सार्वजनिक लेखा समितिको बैठक दिउँसो साढे १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा सार्वजनिक लेखा समितिको २३औँ प्रतिवेदनको मस्यौदा र पोखरा विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन र उजुरी तथा बेरुजु छलफलको प्रगति सम्बन्धमा छलफल हुनेछ ।










आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रतिक्रिया