कृषिसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं। संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, अर्थ समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।
कृषि, सहकारी तथा प्राकृति स्रोत समितिको बैठक बिहान साढे १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सम्बन्धी र समग्र कृषि क्षेत्रको विकासमा सिँचाइ, मलखाद, चक्लाबन्दी, प्रविधिको प्रयोग, अनुदान, बजारीकरण लगायत विषयमा कृषि, वन, ऊर्जा, भूमि र अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको वार्षिक प्रतिवेदनबारे आन्तरिक छलफल हुने बताइएको छ ।
अर्थ समितिको बैठक बिहान साढे ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने कार्यसूची छ ।यसैगरी, सार्वजनिक लेखा समितिको बैठक दिउँसो साढे १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा सार्वजनिक लेखा समितिको २३औँ प्रतिवेदनको मस्यौदा र पोखरा विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन र उजुरी तथा बेरुजु छलफलको प्रगति सम्बन्धमा छलफल हुनेछ ।















छ वर्षपछि चीन–उत्तर कोरिया रेल सेवा पुनः सुरु
शुक्लाफाँटामा बाघ गणना सुरु
नेप्सेमा ३२ अंकले घट्यो, साढे २१ अर्बको कारोबार
लमजुङमा जिपले च्यापेर चालकको मृत्यु
आजदेखि क्रमिक रूपमा तुवाँलो हट्ने
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
प्रतिक्रिया