संघीय संसदका ४ समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदका ४ वटा समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछन् ।
जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ८ः४५ बजेवाट सुरू हुनेछ । जुन बैठकमा वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्र मन्त्री र सचिवसँग छलफल हुनेछ ।
उता, विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुने भएको छ । जुन बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।
उता, बिहान ११ः३० बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बोलाइएको छ । जुन बैठकमा बारपाक क्षेत्रमा भूकम्प पछि भएको पुनर्निर्माण सम्बन्धमा अनुगमन कार्यक्रमको समीक्षा गरिने भएको छ।
साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतिसौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०÷८१ माथि छलफल सम्बन्धमा हुनेछ । जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।














पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
ठगी अभियोगमा पाँच जना पक्राउ
राष्ट्रपति पौडेल बागलुङमा
झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
प्रतिक्रिया