कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो

सिरहा। पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानचोकमा ‘ओभरपास’ निर्माणको सुरु भएको छ । ‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुप’ले ‘ओभरपास’ निर्माण थालेको हो ।
सप्तरीको कञ्चनपुरबाट सिरहाको कमलासम्म ८६ दशमलव ८३ किलोमिटर लम्बाइमध्ये पश्चिम (सिरहा) खण्ड बलानबाट कमलासम्म ४७ किलोमिटर खण्डाको ६२ प्रतिशत काम पूरा भएको छ । लहान चोकमा रहेको सहिद स्मारक हटाएसँगै ‘ओभरपास’ निर्माण थालिएको हो । कञ्चनपुर–कमला सडक आयोजना पश्चिम खण्ड (सिराहा)का सूचना अधिकारी सरोज कोइरालाका अनुसार अन्तरराष्ट्रिय मापदण्डअनुसारका ३२ मिटर चौडा दुई ओभरपास निर्माण हुने छन् । मिर्चैयाको चोकमा पनि ‘ओभरपास’ निर्माण प्रारम्भ भएको छ । यो सडक खण्डमा पाँचवटा ‘अण्डरपास’ निर्माण हुने छन् । लहानमा अण्डरपास पनि धमाधम बन्दैछन् । आयोजनाको कुल लागत रु १५ अर्ब ६६ करोड ४४ हजार ९८३ छ । पूर्वीखण्ड (सप्तरीको कञ्चनपुरबाट कुशहासम्मको ३९ किलोमिटर स्तरोन्नति गर्न रु सात अर्ब २७ करोडमा ठेक्का लागेको छ । यस खण्डमा करिब ६० प्रतिशत भौतिक प्रगति भएको जानकारी उहाँले दिनुभयो । –––
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
प्रतिक्रिया