सुर्नयामा १० श्ययाको अस्पताल निर्माण हुँदै

जिल्लाको सुर्नया गाउँपालिकामा १० श्ययाको आधारभूत अस्पतालको भवन निर्माण तीव्र गतिमा भइरहेको छ । सुर्नया–५ पपितामा निर्माण भइरहेको अस्पताल हालसम्म करिब ७० प्रतिशत काम पूरा भएको हो ।
सुर्नया गाउँपालिकाका अध्यक्ष अमरबहादुर कुँवरले १० श्यया अस्पताल निर्माण तीव्र गतिमा भइरहेको बताउँदै ‘ए’ ब्लकमा तेस्रो तलाको छत ढलान गरी ‘बी’ ब्लकमा काम भइरहेको जानकारी दिए। उनले भने, “पछिल्लो समय अस्पताल निर्माण धमाधम भइरहेको छ । करिब ७० प्रतिशत काम सम्पन्न भइसकेकाले यथाशीघ्र सम्पन्न हुने विश्वास लिएका छौँ ।”
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजनाअनुसार सुर्नया पनि १० श्ययाको अस्पताल निर्माण भइरहेको हो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी रु १४ करोडमा सिएम एसके शिवलिङ जेबीसँग विसं २०७८ मा भवन निर्माणको ठेक्का सम्झौता भएको थियो ।
निर्धारित समयसीमा सकिएपछि म्याद आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सुर्नया गाउँपालिका सबइञ्जिनियर शेरबहादुर विष्टले जानकारी दिए।
गाउँपालिकाका अध्यक्ष अमरबहादुर कुँवरले स्वास्थ्य सेवा पहिलो प्राथमिकतामा रहेको बताउँदै प्रत्येक नागरिकलाई सस्तो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको उल्लेख गरे। उनले भने, “अस्पताल निर्माणपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । नागरिकले गाउँमा सहज र सुलभ रूपमा स्वास्थ्य सेवा दिने हाम्रो लक्ष्य छ ।”










निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिकतर्फका उम्मेदवारहरुकाे बन्दसूची पेश गर्न आयोगको आग्रह
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने
प्रतिक्रिया