टेरेस रिसोर्टमा लडेका थिए प्रचण्ड, टाउकोमा लगाइयो ३ टाँका
मेरोन्यूज
२०८२ वैशाख २४ गते १५:१६

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ललितपुरको लाकुरीभञ्ज्याङस्थित टेरेस रिसोर्टमा लडेर घाइते भएका खुलेको छ ।
स्रोतका अनुसार मंगलबार राति प्रचण्ड केही व्यक्तिहरूसँग सो रिसोर्टमा बसेका थिए । त्यहीँ लडेर टाउकोमा चोट लागेपछि उनलाई मेडिसिटी अस्पताल लगिएको थियो ।
अस्पतालमा उपचारपछि टाउकोमा तीनवटा टाँका लगाइएको र त्यसपछि उनी घर फर्किएको जनाइएको छ ।
यता प्रचण्डको सचिवालयले उनलाई बाथरुममा लडेर चोट लागेको जानकारी दिएको छ, तर कुन स्थानको बाथरुम भन्नेबारे स्पष्ट उल्लेख गरेको थिएन ।
उनकी छोरी गंगा दाहालले फेसबुकमार्फत बाथरुममा लडेर चोट लागेको र टाउकोमा टाँका लगाइएको पुष्टि गरेकी थिइन् ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया