म्यानमारबाट उद्धार गरी १२ नेपालीलाई स्वदेश फर्काइयो
कम्वोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउन अनुरोध
मेरोन्यूज
२०८२ वैशाख २४ गते १७:११

काठमाडौं । म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याइ १२ नेपालीलाई स्वदेश फर्काइएको छ ।
थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरी उनीहरूलाई बुधबार नेपाल फर्काएको हो ।
उद्धार गरी नेपाल फर्काइएकामा एक महिला र ११ पुरुष छन् । मानव तस्करहरूले उनीहरूलाई म्यानमारको मेवाडी पुर्याइ अनलाइन स्क्यामिङ कार्यमा लगाएका थिए ।
बैंककस्थित नेपाली दूतावासले बुधबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ ।
दूतावासले कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने हेतुले कम्वोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउन अनुरोध गरेको छ ।
सम्बन्धित













Discussions ongoing on reports in NC’s Special General Convention
निर्वाचनमा सबै दल सहभागी हुनुपर्छ : देवराज घिमिरे
भरतपुर अस्पतालमा बिरामीको चाप
कोरला नाकाबाट दुई करोड बढीको भेप बोकेको कन्टेनरसहित चालक नियन्त्रणमा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया