इम्बार्क कलेजमा ‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुँदै

काठमडौं । यही वैशाख २७ गते इम्बार्क कलेज पुल्चोक ललितपुरमा “अनम्याथ म्याथ टक” कार्यक्रम हुने भएको छ । मेन्टरल्याब नेपाल र एम्बार्क अनम्याथ प्रालिले नेपालमा म्याथ म्याजिकल बनाउन “अनम्याथ म्याथ टक” कार्यक्रमको आयोजना गर्ने भएका हुन् ।
यस नवीन कार्यले कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूका लागि अति अप्ठ्यारो लागिरहेको कुरालाई आकर्षक, वास्तविक र विश्व अनुभवहरूमा रूपान्तरण गरेर गणित शिक्षाको परम्परागत दृष्टिकोणहरूलाई चुनौती दिने छ ।
यस कार्यक्रमको नेतृत्व अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गणित शिक्षाविद् दिवेश बठीजाले गर्ने छन् । बठीजा अनम्याथ स्कूलका सह–संस्थापक समेत हुन, उनको क्रान्तिकारी शिक्षण विधिले भारत, नेपाल र युएईका हजारौं युवा विद्यार्थीहरूलाई प्रेरित गरेको छ ।
शिक्षाविद् दिवेश बठीजाका अनुसार “गणित भनेको कण्ठस्थ गर्ने विषय होईन, यो त खोजको विषय हो” । “जब विद्यार्थीहरूले उनीहरूको दैनिक जीवन र वरपरको संसारसँग गणित कसरी जोडिएको रहेछ भन्नेकुरा थाहा पाउँछन तब गणितको वास्तविक सिकाइ सुरु हुन्छ ।”
कार्यक्रम बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म चल्नेछ । कार्यक्रममा सहभागीहरूले विभिन्न गतिविधिहरुमा आफैँ प्रत्यक्ष रुपमा संलग्न भई गणितलाई इमर्सिभ तरिकाले अनुभव गर्ने जनाइएके छ । जसले मनोरञ्जन दिँदै सिकाइलाई रमाइलो बनाउनेछ । त्यस्तै गणितसँग सम्बन्धित बहसहरूले जीवन्त बनाउने छ भने गणितप्रति विद्यार्थीहरुको आलोचनात्मक सोचलाई अझै तीखो बनाउँछ साथै कार्यक्रममा कथा सुनाउने सत्रहरूले गणितीय अवधारणाहरू पछाडिका रोचक इतिहासलाई समेत प्रकट गर्नेछ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया