रवीन्द्र मिश्रलाई सातौं पटक म्याद थप्न अदालत लगियो
मेरोन्यूज
२०८२ वैशाख २५ गते १७:३५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका अदालत लगिएको छ ।
उनलाई प्रहरीले हतकडीसहित सातौ पटक म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो ।तीनकुने घटनामा १५ गते राति पक्राउ परेका उनी प्रहरी हिरासतमै छन् ।
तीनकुनेको राजावादी प्रदर्शनका जनकमाण्डर भनिएका प्रसाईंविरुद्ध कर्तव्य ज्यानसहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध र राजद्रोहको समेत मुद्दा लगाइएको छ ।
मिश्रलाई भने राजद्रोह र संगठित अपराधको मुद्दा चलगाइएको छ । मिश्र १५ चैतमै पक्राउ परेका थिए भने प्रसाईंलाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको थियो ।
मिश्रसँगै पक्राउ परेका सांसद् धवलशमशेर राणा प्रहरीले स्वास्थ्यलाई कारण देखाउँदै दुई साताअघि छाडेको थियो । छुटेका धवलशमशेर राप्रपाको एक कार्यक्रममा समेत देखिएका थिए ।
सम्बन्धित













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया