जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर

ललितपुर । ललितपुर महानगरपालिका–१४ स्थित चक्रपथ वरपर वैजनी रङको जाकाराण्डा फूल ढपक्क फुलेको छ । वसन्त ऋतुमा फूल्ने यस फूलले यहाँको शोभा बढाएको छ । अचेल दिनहुँजसो फूल र चक्रपथलाई पृष्ठभूमिमा राखेर तस्बिर र भिडियो खिच्ने युवायुवतीको उपस्थिति झनै हेर्न लायक हुन्छ ।
चक्रपथ वरपर ढपक्क फूल फूलेपछि तस्बिर खिच्नलाई भीडभाड हुने गरेको ललितपुर महानगरपालिका–१४ का वडाध्यक्ष अमृत महत बताउँछन । उनी भन्छन्, “हरेक वर्ष यसयाममा फूलको मौसम आउँछ । यसमा युवायुवतीहरू रमाइरहेको देख्दा खुसी लाग्छ ।”
एकै रङमा फूल्ने जाकाराण्डाको इतिहास राणाकालीन समय देखिएको छ । चक्रपथमा रहेका केही रुख बुढा भइसकेका छन् भने केही भर्खर फुल्न सुरु गरेका छन् । चक्रपथलाई शोभनीय बनाउने यस फूललाई ललितपुर महानगरपालिकाले संरक्षण गर्दै आएको छ । यससँगै अन्य प्रजातिका फूलहरूलाई हुर्काउनका लागि महानगरपालिकाले पानी हाल्ने र गोडमेल गर्ने गरेको छ ।
आउने दिनमा चक्रपथको सुन्दरता बढाउन जाकाराण्डा फूलको संरक्षणसँगै अन्य प्रजातिका फूल रोप्ने तयारी रहेको अध्यक्ष महतले बताए । उनले भने, “जाकाराण्डा फूललाई पृष्ठभूमिमा पारेर तस्बिर र भिडियो खिच्नेको सङ्ख्या बढ्दो छ । दिउँसोको चर्को गर्मीमा पनि यात्रीहरू रुखको छहारीमा बसेर रमाइरहेका हुन्छन् । हामी यसलाई अझै व्यवस्थित गर्छौं ।”
बिहान र बेलुकीको समयमा युवायुवतीहरूको बढी चहलपहल हुन्छ । चापागाउँदोबाटो, महालक्ष्मीस्थान, थसीखेल चोक वरपर बढी भीडभाड हुने गरेको छ ।
वसन्तऋतुमा एकै रङमा ढपक्क फूलेको जाकारण्डा फूल देखेपछि मन प्रफुल्ल हुने गरेको फूलको दृष्य अवलोकन गर्न आएका निर्मल लामा बताउँछन् । ललितपुरको महालक्ष्मीस्थान चोक वरपर मात्र नभएर काठमाडौँ उपत्यकाको रिङरोडभरि यस्तै फूल भएमा काठमाडौँ झन् सुन्दर देखिने उनको भनाइ छ ।

















काभ्रेका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित
China FM blasts Middle East war, urges US to manage ties
उदयपुर– १ मा रास्वपाका पारसमणि गेलाल विजयी
सुनचाँदीकै मूल्य व्यापक बढ्याे
‘With women’s empowerment nation will move forward towards prosperity’
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
इरान–इजरायल युद्ध फैलिँदै
विश्वकप क्रिकेटः भारतविरुद्ध टस जितेर पहिले बलिङ गर्दै इङ्ल्यान्ड
प्रतिक्रिया