श्रीलंकामा बस दुर्घटना हुँदा २१ तीर्थयात्रीको मृत्यु

श्रीलंकामा बौद्ध धर्मावलम्बी दर्जनौँ तीर्थयात्री चढेको बस आइतबार दुर्घटना हुँदा २१ जनाको मृत्यु हुनुका साथै १४ जना गम्भीर घाइते भएका छन् ।
दशकौँयताकै सबैभन्दा खराब सडक दुर्घटनामध्ये एक सरकारी स्वामित्वको बस मध्य पहाडी क्षेत्र कोटमाले हुँदै जाँदै गर्दा बिहान सबेरै भीरबाट खसेको प्रहरीले जनाएको छ ।
उक्त बसमा क्षमताभन्दा २० बढी अर्थात् करिब ७० जना यात्रु सवार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
एक स्थानीय प्रहरी अधिकारीले एएफपीलाई टेलिफोनमार्फत् भने, “हामी यो यान्त्रिक खराबी हो वा बस गुडिरहेका समय चालक निदाएर दुर्घटना भएको हो भन्ने कारण पत्ता लगाउने प्रयासमा अनुसन्धान गरिरहेका छौँ ।”
“दुर्घटनाका कारण घटनास्थलमा नै १५ र अन्य छ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ र हामीले अन्य १४ जना गम्भीररूपमा घाइते भएका छन्,’” नाम नबताउने शर्तमा ती अधिकारीले भने ।
उक्त बस श्रीलंकाको दक्षिणमा रहेको तीर्थस्थल कातारागामाबाट करिब २५० किलोमिटर (१५५ माइल) को दूरीमा रहेको केन्द्रीय शहर कुरुनेगालातर्फ जाँदै थियो।
श्रीलंकामा वर्षेनी औसत तीन हजार सडक दुर्घटना हुने गरेका छन् । अत्यधिक दुर्घटना हुनेगरेका कारण श्रीलंकाका सडकहरू संसारकै सबैभन्दा खतरनाक सडकमध्ये पर्ने गरेका छन् ।
श्रीलंकाको पोल्गाहावेला शहरको रेलमार्ग पास गर्ने क्रममा सन् २००५ अप्रिलमा एक रेललाई ठक्कर दिँदा बसमा रहेका कम्तीमा ३७ जनाको मृत्यु भएको थियो । आइतबारको बस दुर्घटना श्रीलंकामा भएका सबैभन्दा खराब सडक दुर्घटनामध्ये एक हो ।
सन् २०२१ को मार्चमा दुर्घटनास्थलबाट करिब १०० किलोमिटर पूर्व पासारामा बस दुर्घटना हुँदा १३ यात्रु र त्यसका चालकको मृत्यु भएको थियो ।










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
प्रतिक्रिया