जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं। भक्तपुर, मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने तनहुँ ऋषिङ गाउँपालिका-८ घर भएका ५० वर्षीय बिष्णु कुमार श्रेष्ठको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भएका ४१ वर्षीय भिम प्रधान समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ हजार ७ सय ६० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली मनहरा आँखा अस्पताल नजिकै चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने दोलखा घर भएका ४० वर्षीय धन बहादुर फुयालको मुस्ताङ खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर हरिसिद्धि बस्ने काभ्रे तेमाल घर भएका ३२ वर्षीय अमर तामाङ समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ४ सय २५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका-१ दुवाकोट वेशी बस्ने दोलखा घर भएकी ५८ वर्षीया तुलसी वलीको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तुलसी समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ६ सय ५० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया