गाजामा पिउने पानीको संकट

प्यालेस्टाइनी जल प्राधिकरणले गाजा क्षेत्रमा गम्भीर जल संकट उत्पन्न भएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ। इजरायलसँग जारी द्वन्द्वका कारण गाजाको खानेपानी र सरसफाइ सम्बन्धी सेवा लगभग पूर्ण रूपमा बन्द भइसकेको प्राधिकरणको भनाइ छ।
प्राधिकरणले इजरायली सैनिक कारबाही, संरचना ध्वस्त, विद्युत् आपूर्ति अवरुद्ध, इन्धन र अत्यावश्यक सामग्रीमा रोक लगाइएका कारण पानी आपूर्ति ठप्प भएको जनाएको छ । अहिले गाजावासीले प्रतिदिन औसतमा केवल ३ देखि ५ लिटर पानी मात्र पाउँदै आएका छन्, जुन स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डअनुसार न्यूनतम १५ लिटर हुनु पर्ने हो।
सफा पानी नपाउँदा र ढल फाल्ने व्यवस्था विफल हुँदा गम्भीर रोगहरू फैलने खतरा रहेको प्राधिकरणले चेतावनी दिएको छ। स्थानीय बासिन्दाहरू पिउन नमिल्ने नुनिलो पानी प्रयोग गर्न बाध्य भएका छन्।
प्राधिकरणले इजरायललाई मानव अधिकारको उल्लंघन गरेको आरोप लगाउँदै तत्काल सैनिक आक्रमण रोक्न, नाकाबन्दी अन्त्य गर्न र पानी आपूर्ति सेवामा संलग्न कामदारहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।
यता, गाजा क्षेत्रको प्रशासनले इजरायलमाथि दुई लाखभन्दा बढी जनसंख्यालाई योजनाबद्ध रूपमा पीडा दिएको आरोप लगाउँदै ७० दिनदेखि नाकाबन्दी जारी राखेर करिब ३९ हजार सहायता सामग्री बोकेका गाडीहरूलाई प्रवेश गर्न नदिएको जनाएको छ।
गाजा प्रवेश मार्गहरू गत मार्च २ गतेदेखि बन्द छन्। हमाससँग भएको युद्धविरामको पहिलो चरण सकिएपछि दोस्रो चरण अझै कार्यान्वयनमा आइसकेको छैन।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया