कपडा किनिदिने बहानामा नाबालिकालाई रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

पर्सा । नयाँ कपडा किनिदिने बहानामा नाबालिकालाई रक्सौल पुर्याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ परेकी छिन्।
पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया आलिया खातुन रहेकी छिन्। उनलाई वैशाख २७ गते पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।
मिश्रका अनुसार वैशाख २१ गते ती नाबालिकालाई नयाँ कपडा किनिदिने बहानामा खातुनले भारत लगेकी थिइन्। बिहार रक्सौलको होटलममा लगेर यौनधन्दामा सामेल गराएकी थिइन्।
ती नाबालिकालाई प्रहरीले भारतीय सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी नेपाल ल्याएको छ। खातुनले यसअघि पनि नाबालिकालाई रक्सौल लगेर यौनधन्दामा संलग्न गराउने गरेको मिश्रले बताए।
खातुनलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिमको कसुरमा अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया