ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

काठमाडौं। हमासले गाजामा बन्धक बनाएका अमेरिकी नागरिक इडान अलेक्जेन्डरलाई रिहा गर्ने भएको छ
हमासले छिट्टै अमेरिकी–इजरायली नागरिक इडान अलेक्ज्याण्डरलाई रिहा गर्ने आशाका साथ मानिसहरू उनलाई पर्खिरहेका छन, जो गाजामा रहेका अन्तिम जीवित अमेरिकी बन्धक मानिन्छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको मङ्गलबार मध्यपूर्वको भ्रमण हुनु अघि २१ वर्षीय युवकको रिहाइ हुन लागेको हो ।
तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रिहाइले गाजा पट्टीमा युद्धविराम वा प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्न नमिल्ने प्रतिक्रिया दिएका छन ।
खासमा इडान अलेक्ज्याण्डर २१ वर्षीय दोहोरो नागरिकता भएका इजरायली–अमेरिकी हुन्, जो गाजामा अन्तिम जीवित अमेरिकी बन्धक मानिन्छ।
तेल अवीवमा जन्मेका तर न्यूजर्सीमा हुर्केका अलेक्जेन्डर गाजाको सिमानामा एलिट इन्फन्ट्रीमा सेवा गरिरहेका थिए, जब उनी हमासले ७ अक्टोबर २०२३ मा आक्रमण गर्दा कब्जा गरिएको थियो ।
उनी घर फर्कन सक्ने कुरा सुनेर उनका परिवारले कल्पनायोग्य सबैभन्दा ठूलो उपहार पाएको प्रतिक्रिया दिएको छ ।
‘हामी आशा गर्छौं कि हाम्रो छोराको रिहाईसँगै सबै बाँकी ५८ बन्धकहरूका लागि वार्तालाप सुरु गर्नेछ, उनीहरू र उनीहरूका परिवारहरूको लागि यो दुःस्वप्न समाप्त हुनेछ,’ उनका परिवारका एक सदस्यले बिबिसीसँग भने ।










यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
यस्तो छ आजको मौसम पूर्वानुमान
उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया