साफ यु–१९ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दै
मेरोन्यूज
२०८२ वैशाख ३० गते १०:०७

काठमाडौं। १९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग खेल्दैछ ।
खेल भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रंगशालामा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।सेमिफाइनलको यात्रा तय गरिसकेका दुवै टोली समूह ‘बी’ विजेता बन्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।
यसअघिको खेलमा नेपालले श्रीलंकालाई ५–० गोलले हराएको थियो भने श्रीलंकाविरुद्ध नै भारतले ८–० गोल गरेको थियो । तर गोल अन्तरका आधारमा भारत शीर्ष स्थानमा रहेको छ ।
समूह विजेता बन्नका लागि नेपाललाई आजकाे खेल जित्नै पर्ने दबाब छ भने भारतलाई बराबरी गरे पुग्छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया