मंगलबार, वैशाख ३०, २०८२

मुलुकको आर्थिक अवस्था सुध्रदै गएको छ: गृहमन्त्री लेखक

मेरोन्यूज २०८२ वैशाख ३० गते १२:४१

विराटनगर । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक अवस्था लयमा आएको बताएका छन् ।

विराटनगर विमानस्थलमा संचारकर्मीसंगको कुराकानीमा उनले दश महिना अघिको आर्थिक अवस्था र अहिलेको अवस्थामा उल्लेखिय सुधार आएको बताएका हुन् ।

गृहमन्त्री लेखकले संचारकर्मीसंग भने ‘दश महिना पहिलाको आर्थिक अवस्था र अहिलेको आर्थिक अवस्थामा धेरै फरक देख्नु हुन्छ । मुलुकको अर्थतन्त्र लयमा आएको छ । विदेशी मुद्राको संचिति बढेको छ दोश्रो कुरा आर्थिक सुचकांक सकारात्मक बनेका छन । यो राष्ट्र बैंकको तथ्यांक हो मैले भनेको होइन । अर्को कुरा कानुन दश महिना पहिलो कति विद्येयक दर्ता भएर र कतिमा काम भयो र अहिले कति दर्ता भएर कति कानून बने भनेर हेर्दा पनि प्रष्ट हुन्छ । ’

उनले दश महिनामा गठबन्धन सरकार बनेपछि मुलुकले राजनीतिक स्थिरता पाएको उल्लेख गर्दै अहिले प्रधानन्त्रीले सदनमा विश्वसको मत लिन जानु नपरेको बताए।

नीतिगत भ्रष्टचार रोक्नका लागि आएको अख्तियार विद्येयक मिलेमतोमा अट्कीएको छ नि ?भन्ने पत्रकारको जिज्ञासामा गृहमन्त्री लेखकले भने ‘त्यसमा छलफल भइरहेको छ । संसदमा भएका सबै विद्येयकलाई छलफलबाट टुंगोमा पुर्‍याउछौ । भ्रष्टचारलाई निर्मूल पार्ने बिषयमा हामी अघि बढेका छौं । अवान्छित गैरकानूनी गतिविधिलाई निष्पक्ष स्वतन्त्र र पारदर्शी ढंगले त्यसलाई कारवाहि गर्ने प्रक्रियामा सरकार अघि बढेको छ । फोटो खिचेको भरमा, टेलिफोन गरेको भरमा र कसैसंग भेटेको भरमा समाचार बन्न सक्ला तर यो सरकार पुरा अवधि टिक्छ । फोन र भेटघाटले गठबन्धन तलमाथि हुदैन । यो गठनबन्धन कांग्रेस एमालेको बिचको सहमति अनुसार पुरा अवधि सरकार टिक्छ ।’

यो दश महिनामा सुशासन, कानुन निर्माण, नीतिगत र आर्थिक सुधारमा पर्याप्त काम भएकाे लेखककाे भनाइ छ ।

प्रतिक्रिया