बिहीबार, वैशाख २४, २०८३

जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले दिइन् राजीनामा

मेरोन्यूज २०८२ वैशाख ३० गते १२:५१

बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन्। गुरुङ जनमतबाट निर्वाचित समानुपातिक सांसद हुन्।

Advertisement
NiccNicc

लुम्बिनीका सभामुखसमक्ष मंगलबार उनले बुझाएको राजीनामामा देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यता रहेको उल्लेख गरेकी छन् ।

‘देशको हालको परिस्थितिबारे श्रीमानलाई अवगत नै होला,’ गुरुङले लेखेको पत्रमा भनिएको छ, ‘तसर्थ मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आश गरिबसेका मेरा स्वाभिमानी जनता, आमाबुबा, दाजुभाइ दिदीबहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई आभाश भइरहेको छ। राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो। जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन। तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु।’

प्रतिक्रिया