मंगलबार, वैशाख ३०, २०८२

रवीन्द्र मिश्रलाई गैरकानुनी थुनामा राखिएको भन्दै श्रीमती सारिकाको बन्दीप्रत्यक्षीकरण रिट

मेरोन्यूज २०८२ वैशाख ३० गते १८:१७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ ।

गैरकानुनी रूपमा थुनामा राखिएको मिश्रको तर्फबाट श्रीमती सारिका कार्कीले मङ्गलबार रिट दायर गरेकी हुन् । रिटको पेसी बुधबारका लागि तोकिएको छ ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिका सदस्य सचिवसमेत रहेका मिश्र गत चैत १५ गते पक्राउ परेका थिए ।

प्रतिक्रिया