मंगलबार, वैशाख ३०, २०८२

कांग्रेस सांसद माया राईविरूद्ध अदालतमा मुद्दा दर्ता, ३७ लाख बिगो मागदाबी

मेरोन्यूज २०८२ वैशाख ३० गते १८:३०

काठमाडाैं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

मंगलबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा राईविरुद्ध मुद्दा दायर गरेको हाे । राईलाई २० जनाको जाहेरीको पुरक अभियोजनमा ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

राईलाई वैशाख १३ गते राति कपनस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो। उनी स्वर्णलक्ष्मी सहकारी मुद्दामा फरार रहँदै आएकी थिइन् ।

प्रतिक्रिया