लखनउमा बस आगलागी हुँदा जिउँदै जलेर पाँच जनाको मृत्यु

लखनउ । आज बिहान चलिरहेको स्लीपर एसी बसमा आगलागी हुदाँ जिउँदै जलेर ५ जनाको मृत्यु भएको छ।
अचानक भएको आगालागी दुर्घटनामा ५ यात्रु जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा आमा–छोरी, बाबु–छोरी रहेका छन् । बसमा करिब ८० यात्रु सवार थिए । बस बिहारबाट दिल्ली गइरहेको बेला सो आगलागी भएको हो ।
मोहनलालगञ्ज नजिकैको बाहिरी चक्रपथ (किसानपथ) मा बिहान ५ बजे सो आगलागी भएको हो । त्यतिबेला अधिकांश यात्रु सुतिरहेका थिए । बसमा एक्कासी धुवाँ निस्कन थालेको यात्रुले बताएका छन् । केही मिनेटमै ठुलो आगो निस्किएको थियो ।
बस भित्र भागदौड भएको थियो । बसका चालक र कन्डक्टर जलेको बस छोडेर भागेका थिए । चालकको सिट नजिकै अतिरिक्त सिट थियो। यस्तो अवस्थामा यात्रुलाई ओर्लन समस्या भएको छ । धेरै यात्रु फसे र लडेका थिए।
वरपरका मानिसहरूले प्रहरी र दमकललाई खबर गरेका थिए। दमकलको गाडी आइ पुग्दासम्म बस पुरै जलिसकेको थियो । दमकलले करिब ३० मिनेटमा आगो निभाएको थियो । भित्र पुग्दा ५ वटा जलेको शव भेटिएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बसको आकस्मिक गेट नखुले पछि सो ठुलो दुर्घटना भएको हो । जसका कारण पछाडी बसेका मानिसहरु अलपत्र परेर आगलागीको चपेटामा परेका थिए ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया