लखनउमा बस आगलागी हुँदा जिउँदै जलेर पाँच जनाको मृत्यु

लखनउ । आज बिहान चलिरहेको स्लीपर एसी बसमा आगलागी हुदाँ जिउँदै जलेर ५ जनाको मृत्यु भएको छ।
अचानक भएको आगालागी दुर्घटनामा ५ यात्रु जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा आमा–छोरी, बाबु–छोरी रहेका छन् । बसमा करिब ८० यात्रु सवार थिए । बस बिहारबाट दिल्ली गइरहेको बेला सो आगलागी भएको हो ।
मोहनलालगञ्ज नजिकैको बाहिरी चक्रपथ (किसानपथ) मा बिहान ५ बजे सो आगलागी भएको हो । त्यतिबेला अधिकांश यात्रु सुतिरहेका थिए । बसमा एक्कासी धुवाँ निस्कन थालेको यात्रुले बताएका छन् । केही मिनेटमै ठुलो आगो निस्किएको थियो ।
बस भित्र भागदौड भएको थियो । बसका चालक र कन्डक्टर जलेको बस छोडेर भागेका थिए । चालकको सिट नजिकै अतिरिक्त सिट थियो। यस्तो अवस्थामा यात्रुलाई ओर्लन समस्या भएको छ । धेरै यात्रु फसे र लडेका थिए।
वरपरका मानिसहरूले प्रहरी र दमकललाई खबर गरेका थिए। दमकलको गाडी आइ पुग्दासम्म बस पुरै जलिसकेको थियो । दमकलले करिब ३० मिनेटमा आगो निभाएको थियो । भित्र पुग्दा ५ वटा जलेको शव भेटिएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बसको आकस्मिक गेट नखुले पछि सो ठुलो दुर्घटना भएको हो । जसका कारण पछाडी बसेका मानिसहरु अलपत्र परेर आगलागीको चपेटामा परेका थिए ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया