बिहीबार, जेठ १, २०८२

संघीय लोकतान्त्रिक मोर्चाको ४ वटा निर्णय, संविधान संशोधनदेखि राजवन्दी रिहाईसम्म

मेरोन्यूज २०८२ जेठ १ गते १७:५१

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको बैठकले जनसंख्या र मानव विकास सूचकांकलाई आधार मानेर बजेट विनियोजन हुनुपर्नेमा जोड दिएको छ । मोर्चाको आज बसेको बैठकले लिएको निर्णयको पहिलो बुँदामा यही कुरा उल्लेख गरिएको छ ।

मधेश/तराईलगयात सबै क्षेत्रहरुमा न्यायोचित रुपमा बजेट विनियोजन हुनुपर्ने निर्णय मोर्चाले लिएको छ । यस्तै, ऐतिहासिक मधेश जनविद्रोह, आन्दोलन, किरात लिम्वुवान आन्दोलनलगायत विभिन्न आन्दोलनका क्रममा झुठा मुद्दा लगाई जेलमा राखिएका राजवन्दीहरुलाई विनाशर्त रिहाई गर्न पनि नेपाल सरकारसमक्ष मोर्चाले माग गरेको छ ।

यस्तै, संसदमा प्रस्तुत भएको भूमि विद्येयकको सम्बन्धमा मोर्चाका समस्त धारणा तयार गरि सोहीअनुसार प्रस्तुत हुनेपनि अर्को निर्णय छ । यस्तै, संविधान सशोधनबारे मोर्चाको यथाशिघ्र अवाधारणा पत्र तयार गर्न आजको बैठकले सचिवालयलाई निर्देश गरेको छ ।

प्रतिक्रिया