आफ्नो आलोचना र विरोधमा उत्रिएपछि बालेनले प्रवक्ताबाट हटाए मानन्धरलाई

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले कार्यपालिकाअन्तर्गत ४ वटा समितिका संयोजकहरूको जिम्मेवारी हेरफेर गरेका छन्।
बिहीबार (आज) बसेको बैठकले नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएको हो।
संयोजक परिवर्तन गरिएका समितिहरूमा सूचना प्रविधि समिति, सुशासन समिति, सम्पदा तथा पर्यटन समिति र विधायन समिति छन्। यी समितिमा क्रमशः नवीन मानन्धर, ख्यामराज तिवारी, आशामान संगत र मचाराजा महर्जन संयोजक थिए।
अब ती समितिमा क्रमशः वीरेन्द्र प्रजापति, दलबहादुर कार्की, विनोद कुमार राजभण्डारी र रोजिना श्रेष्ठ संयोजक तोकिएका छन्।
यसैगरी प्रवक्ताको जिम्मेवारीमा रहेका वडा नं. १७ को वडाध्यक्ष नवीन मानन्धरसँग पछिल्लो समय बालेनको लय मिल्न छाडेको थियो। नवीनले पछिल्लो पटक प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय भित्र्याउने सन्दर्भमा अग्रणी भूमिकामा थिए।
नवीनको ठाउँमा वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापति ल्याइएका छन्। उनी सूचना प्रविधि समिति संयोजक तथा प्रवक्ता बनाइएका छन्।










यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया