रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र सङ्घीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका तथा निर्वाचित जनप्रतिनिधिसँग समन्वय गर्न ‘स्वतन्त्र जनप्रतिनिधि समन्वय कार्यदल’ गठन गरेको छ।
पार्टीको सचिवालय बैठकले सो कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
उक्त कार्यदलको संयोजकमा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठ तथा सदस्यमा बोधनारायण श्रेष्ठ र रञ्जु दर्शना छन्। प्रवक्ता झाले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि समानुपातिकतर्फ तीन सय २५ आवेदन प्राप्त भएको बताए।
बैठकले आवेदन प्रक्रिया जारी रहँदा अगाडिको प्रक्रिया सुरु गर्ने निर्णय गरेको उनले सुनाए। सचिवालय बैठकले पारदर्शी उम्मेदवार छनोटका लागि अडिट समितिको संयोजकको जिम्मेवारी उपेन्द्र पाण्डेलाई दिएको छ। यस्तै, आवेदकलाई सातै प्रदेशमा यही पुस ५ गते छलफलका लागि आमन्त्रण गरिने प्रवक्ता झाले जानकारी दिए।
छलफल सहजीकरणका लागि समानुपातिकतर्फ उम्मेदवारी नदिएका केन्द्रीय समिति सदस्यलाई प्रदेशगत रूपमा जिम्मेवारी तोकिएको छ।
पार्टीले निर्वाचन लक्षित गतिविधि र साझा बुझाइ तयार गर्न महामन्त्री कविन्द्र बुर्लाकोटीको समन्वयमा शुक्रबार ‘निर्वाचन पूर्व तयारी छलफल’ आयोजना गर्ने निर्णय गरेको छ।









एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया