एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण वा जाली मुद्दा लगाउने प्रयास भए देश ठप्प पार्ने चेतावनी दिएका छन्।
बिहीबार पार्टीको शपथग्रहण समारोहपछि काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पञ्चायतकालीन कूकर्म पुनः दोहोर्याउने प्रयास भइरहेको आरोप लगाउँदै त्यसविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए।‘नेकपा एमालेको नेतृत्वमाथि प्रचारको हल्लाले भएन, अब भौतिक हमलाद्वारा आक्रमण गर्ने वा जाली मुद्दा लगाउने पञ्चायतकालीन कूकर्मको फेरि थालनी गर्ने हल्ला मच्चाइएको छ,’ ओलीले भने।
एमालेलाई छोए देश ठप्प पार्ने र सरकार ढाल्ने समेत ओलीले धम्की दिए। ‘एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ। यो सरकार ढल्नुपर्छ, ढालिनेछ यो सरकार,’ उनले भने।
ओलीले एमाले नेतृत्वमाथि जाइलाग्नु महँगो पर्ने चेतावनी दिँदै भने, ‘संसारमा केही महँगो पर्थ्यो भने एमालेलाई छुनु महँगो पर्नेछ। यो कुराको लागि हामीले कुराले होइन, कामले तयार हुनुपर्छ, गरेर देखाउनुपर्छ।’
















यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
आजको मौसम : यी प्रदेशमा बर्सात हुने
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया