चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न पाँच जना पक्राउ

कास्की । कास्की प्रहरीले चोरी तथा डाँकासम्बन्धी कसुरमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ । कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी सोको जानकारी दिएको हो । केही महिनादेखि पोखरा महानगरपालिका वडा नम्बर २६, ३०, ३१, ३२ लगायतको क्षेत्रमा घरको ताला फोरी चोरी भएको भन्ने सूचना प्राप्त भएपछि खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।
ओलियाका अनुसार पक्राउ परेका उनीहरूबाट छड्के तिलहरी, माइली तिलहरी, सानो तिलहरी, चन्द्रमा मोती माला, चन्द्रपोते, गेडी पोते, मंगलसूत्र, नौगेडी, पेन्डम माला, रातो स्टार पोते, सिक्री, औँठी, चिम्टी काँटा, पञ्चरत्ने बाला, टप, फूली, कानको ढुङ्ग्री, सुनका टुक्रा (ढिक्का), सुनका ससाना टुक्राहरूलगायत १२ तोला आठ लाल सुन, २४ तोला चाँदीका गरगहनाहरू, चोरीको ग.२२ प ४९८९ नम्बरको मोटरसाइकलसँगै अर्को एक ग.२१ प ६७५३ नम्बरको स्कुटर र अन्य विभिन्न सरसामानहरू फलामको रड, ल्यापटपको चार्जर, सुन गाल्न प्रयोग गर्ने निम्पल, चिम्टी, गाँजालाई धुलो बनाउन प्रयोग हुने बट्टालगायतका सरसामानसमेत बरामद गरेको ओलियाले जानकारी दिए ।
उनीहरूले पोखरा क्षेत्रमा नौ स्थानमा र तनहुँको तीन स्थानमा चोरी गरेको र चोरी गर्दा सुनका गरगहना र नगदलाई मात्र फोकस गर्ने गरेको कार्यक्रममा जानकारी दिइएकाे छ ।














देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुव- १२० मुरी धान भित्र्याए
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया