चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न पाँच जना पक्राउ

कास्की । कास्की प्रहरीले चोरी तथा डाँकासम्बन्धी कसुरमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ । कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी सोको जानकारी दिएको हो । केही महिनादेखि पोखरा महानगरपालिका वडा नम्बर २६, ३०, ३१, ३२ लगायतको क्षेत्रमा घरको ताला फोरी चोरी भएको भन्ने सूचना प्राप्त भएपछि खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।
ओलियाका अनुसार पक्राउ परेका उनीहरूबाट छड्के तिलहरी, माइली तिलहरी, सानो तिलहरी, चन्द्रमा मोती माला, चन्द्रपोते, गेडी पोते, मंगलसूत्र, नौगेडी, पेन्डम माला, रातो स्टार पोते, सिक्री, औँठी, चिम्टी काँटा, पञ्चरत्ने बाला, टप, फूली, कानको ढुङ्ग्री, सुनका टुक्रा (ढिक्का), सुनका ससाना टुक्राहरूलगायत १२ तोला आठ लाल सुन, २४ तोला चाँदीका गरगहनाहरू, चोरीको ग.२२ प ४९८९ नम्बरको मोटरसाइकलसँगै अर्को एक ग.२१ प ६७५३ नम्बरको स्कुटर र अन्य विभिन्न सरसामानहरू फलामको रड, ल्यापटपको चार्जर, सुन गाल्न प्रयोग गर्ने निम्पल, चिम्टी, गाँजालाई धुलो बनाउन प्रयोग हुने बट्टालगायतका सरसामानसमेत बरामद गरेको ओलियाले जानकारी दिए ।
उनीहरूले पोखरा क्षेत्रमा नौ स्थानमा र तनहुँको तीन स्थानमा चोरी गरेको र चोरी गर्दा सुनका गरगहना र नगदलाई मात्र फोकस गर्ने गरेको कार्यक्रममा जानकारी दिइएकाे छ ।
















आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया