एक लाख भन्दा बढी अफगान शरणार्थी घर फर्किए
मेरोन्यूज
२०८२ जेठ २ गते १८:२८

अफगानिस्तानको शरणार्थी तथा पुनस्र्थापन मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीका अनुसार पछिल्ला ४२ दिनमा एक लाख ७० हजार भन्दा बढी अफगान शरणार्थीहरू आफ्नो देश फर्किएका छन् ।
“सन् २०२५ अप्रिल १ देखि मे १२ सम्म जम्मा एक लाख ७० हजार ९३७ शरणार्थीहरू अफगानिस्तान फर्किएका छन्, जसमध्ये एक लाख २८ हजार ४८ पाकिस्तानबाट र बाँकी ईरान तथा टर्कीबाट फर्किएका हुन्,” स्थानीय सञ्चारले बिहीबार राति जनाएको छ ।
साथै, पाकिस्तानले उक्त अवधिमा तीन हजार ३७२ अफगान नागरिकहरूलाई जेलबाट रिहा गरी आफ्नो देश फर्काएको जानकारी पनि दिइएको छ ।
गत एक वर्षमा करिब २० लाख अफगान शरणार्थी, मुख्यतया पाकिस्तान र ईरानबाट, अफगानिस्तान फर्किसकेका छन् र यो प्रक्रिया निरन्तर चलिरहेको छ ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया