अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदन गर्न थाल्योः रास्वपा सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले न्यायपालिकाको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै अदालतले कानूनि प्रक्रिया मिचेको आरोप लगाएकी छन् ।
प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो आरोप लगाएकी हुन् । सांसद गौतमले अदालतले कार्यपालिका जस्तै प्रवृत्तिमा न्याय सम्पादन गर्न थालेको आरोप लगाउँदै यसरी मुलुकमा विधिको शासन कायम हुन नसक्ने टिप्पणी गरिन् । अदालतले कानूनको उचित प्रक्रिया उल्लङ्घन गरेको भन्दै पूर्वन्यायधीशहरुको फोरमले समेत प्रश्न उठाउनुपर्ने बेला भएको बताइन् ।
सूर्यदर्शन सहकारी हिनामिना प्रकरण मुद्दामा पार्टी सभापति रवि लामिछाने पक्षलाई पेसी तोकिएको सूचना नै नदिई उच्च अदालत पोखराले बिहीबार एकतर्फी सुनुवाई अघि बढाएको प्रति सांसद गौमले यस्तो टिप्पणी गरेकी हुन् ।
सूर्यदर्शन सहकारी वचत हिनामिना प्रकरण मुद्दामा रास्वपा सभापति रवि लामिछाने पक्षलाई पेसी तोकिएको सूचना नै नदिई उच्च अदालत पोखराले बिहीबार एकतर्फी सुनुवाइ अघि बढाएको समाचार बाहिरिएको थियो ।
प्रतिक्रिया