डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन

बिरगंज। मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी उमाप्रसाद चतुर्वेदीले सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन दिएका छन्।
डिआईजी चतुर्वेदीले मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हाले पछी पहिलो पटक जिल्ला प्रहरी कार्यालय पर्सा बीरगंजको निरीक्षण पछि सम्बोधन गर्दै उक्त निर्देशन दिएका हुन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्राले उनको स्वागत गरेका थिए।
डिआईजीले मुदा फाँट, अनुचित लेनदेन शाखा, उजुरी शाखा, हिरासत व्यस्थापन शाखा, सिसी टिभी कक्ष, सुचना संकलन शाखासमेतको निरिक्षण गरेका थिए।
निरिक्षण पश्चात पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रासहित जिल्लाभरिका प्रहरी युनिट प्रमुखहरूलाई एकठाउँमा राखेर विभागीय नीति अनुसार सिमा अपराध, आपराधिक गतिविधि बिभिन्न सामानको तस्करी नियन्त्रण गर्न र कानुन विपरीत कुनै पनि काम नगर्न डिआईजी चतुर्वेदीले कडा निर्देशन दिएको एसपी मिश्रले बताए ।
मधेश प्रदेशको आठवटै जिल्लामध्य पर्सा अति संवेदनशिल जिल्ला रहेकाले चुस्त दुरुस्त रुपमा शान्ति सुरक्षा कायम राख्न तथा सीमाको निगरानीमा बिशेष ध्यान दिन निर्देशन दिएका थिए। केही दिन अघि पर्सा प्रहरीले एकै दिनमा १९५ फरार प्रतिवादी पक्राउ गर्न सफल हुनु र सानो अवधिमा करोडौंको अबैध सामान बरामद गर्न सफल भएकोमा डिआईजी चतुर्वेदीले एसपी मिश्रको प्रशंसासमेत गरेका थिए।
डिआईजी चतुर्वेदीले यस अघि जिल्ला प्रहरी कार्यालय रौतहट र सर्लाहीको निरीक्षण गरिसकेका छन् भने आज जिल्ला प्रहरी कार्यालय बाराको निरीक्षण गर्ने योजना रहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया