मंगलबार, जेठ ६, २०८२

स्वदेशी उत्पादन वृद्धि र त्यसको प्रयोग गरेर आयातमुखी अर्थतन्त्र नियन्त्रण गरौँ : उपप्रधानमन्त्री सिंह

मेरोन्यूज २०८२ जेठ ५ गते २०:३९

काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वदेशी उत्पादनको प्रयोग बढाएर आयातमुखी अर्थतन्त्र नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन्। सिमेन्ट उत्पादक संघले आज ललितपुरमा आयोजना गरेको ‘सिमेन्ट कन्क्लेभ’ मा उनले  स्वदेशी उत्पादन वृद्धिले अर्थतन्त्रलाई सही दिशामा लैजान र आयातलाई घटाउन सकिने धारणा राखेका हुन् । 

“हामी सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको अवस्था छ । अब आफ्नै देशमा उत्पादन भएको सिमेन्ट प्रयोग गरे यसले उत्पादनलाई पनि बढावा दिनेछ । आयातमुखी अर्थतन्त्रलाई नियन्त्रण गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्ने छ । त्यसैले यी पक्षलाई ध्यानमा राखेर काम गरौँ”, उपप्रधानमन्त्री सिंहले भने । 

उनले देशको भूबनोटअनुसार सिमेन्टको प्रयोगले बाटोहरू गुणस्तरयुक्त हुने भन्दै सुरुमा लगानी धेरै भए पनि लामो समय टिक्ने हुँदा यसको प्रयोगमा जोड दिनुपर्ने बताए । 

प्रतिक्रिया