मंगलबार, जेठ ६, २०८२

अर्थमन्त्रीले बोलाए गभर्नर सिफारिस समितिको बैठक

मेरोन्यूज २०८२ जेठ ६ गते १४:१९

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन् । आजै ६ बजे प्रधानमन्त्रीले क्याविनेट पनि राखेका छन् ।

गभर्नर सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य छन् ।

यसअघिका सदस्य डा. विश्व पौडेलको राजीनामापछि समिति पुनर्गठन गरिएको थियो । बैठक नबसेको भन्दै पहिलो पटक बनेको समितिको सदस्यबाट डा. विजयनाथ भट्टराईले राजीनामा दिएका थिए । डा. पौडेल पनि राजीनामा दिएर आफैँ गभर्नरको दौडमा छन् ।

गभर्नर सिफारिस समितिको एकजना डेपुटी गभर्नरसहित ३ जनाको नाम सिफारिस गर्ने छ ।

लामो समयदेखि गभर्नर सिफारिस समितिको बैठक बस्न सकेको थिएन । पहिलो पटक बनेको सिफारिस समिति भंग गरेर दोस्रो पटक समिति बनेपछि आज बैठक बस्न लागेको अर्थमन्त्रीनिकट स्रोतले बतायो ।

प्रतिक्रिया