शुक्रबार, वैशाख १८, २०८३

सर्लाहीमा नक्कली नोटसहित २ जना पक्राउ

मेरोन्यूज २०८२ जेठ ६ गते १५:०५

रौतहट। सर्लाहीमा प्रहरीले नक्कली नेपाली नोट सहित दुईजना युवक लाई पक्राउ गरेको छ।

Advertisement
NiccNicc

पक्राउ पर्नेमा पर्सा गाउँपालिका ६ का रामदेव साहको २१ बर्षीय छोरा मुकेशकुमार साह र हरिपुर्वा नगरपालिका ४ डुमरियाका विकाउ पण्डितका २३ बर्षीय छोरा सरोज पण्डित कुम्हार रहेको जिल्ला प्रहरी  प्रवक्ता एवं डिएसपी सरोज राईले न्युज कारखानालाई बताएका छन्।

पर्सा गाउँपालिका ६ स्थित हुलाकी सडकखण्डमा प्रहरी चौकी पर्साको टोलीले विआर ३० एपी ७५३९ नम्वरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा ५०० का दरका ४८ थान २४ हजार नेपाली नक्कली नोट सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

मोटरसाइकल चालक मुकेश साहको साथबाट उक्त नक्कली नोट बरामद भएको थियो।
मोटरसाइकलमा पछाडी बसेका कुम्हार र चालक साह माथी नक्कली नोट सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत सर्लाहीबाट ५ दिनको म्याद लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया