सर्लाहीमा नक्कली नोटसहित २ जना पक्राउ

रौतहट। सर्लाहीमा प्रहरीले नक्कली नेपाली नोट सहित दुईजना युवक लाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्सा गाउँपालिका ६ का रामदेव साहको २१ बर्षीय छोरा मुकेशकुमार साह र हरिपुर्वा नगरपालिका ४ डुमरियाका विकाउ पण्डितका २३ बर्षीय छोरा सरोज पण्डित कुम्हार रहेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी सरोज राईले न्युज कारखानालाई बताएका छन्।
पर्सा गाउँपालिका ६ स्थित हुलाकी सडकखण्डमा प्रहरी चौकी पर्साको टोलीले विआर ३० एपी ७५३९ नम्वरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा ५०० का दरका ४८ थान २४ हजार नेपाली नक्कली नोट सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
मोटरसाइकल चालक मुकेश साहको साथबाट उक्त नक्कली नोट बरामद भएको थियो।
मोटरसाइकलमा पछाडी बसेका कुम्हार र चालक साह माथी नक्कली नोट सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत सर्लाहीबाट ५ दिनको म्याद लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ।









डेङ्गीको सङ्क्रमण घट्दो क्रममा
जसपाद्वारा उमदेवारको नाम सिफारिस गर्न सर्कुलर
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले गरे उम्मेदवार नबन्ने घोषणा
उज्यालो नेपाल पार्टीको भक्तपुर जिल्ला सभा सम्पन्न
मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया