बुधबार, जेठ ७, २०८२

काठमाडौं प्रहरी परिसरबाट भागे थुनुवा

मेरोन्यूज २०८२ जेठ ७ गते १४:४०

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट एकजना थुनुवा भागेका छन् । परिसरको कार्यालय रहेको भद्रकालीको गेटबाट थुनुवा भागेका हुन् ।

प्रहरी परिसरका अनुसार फरार हुनेमा २४ वर्षीय निशान परियार छन्। उनी अभद्र व्यवहार मुद्दाका थुनुवा हुन् । प्रहरीले उनको खोजी तीव्र पारेको छ ।

प्रतिक्रिया