गाजामा इजरायली नाकाबन्दी, कुपोषण र औषधिको अभावमा ३०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु

गाजा पट्टीमा इजरायली नाकाबन्दीका कारण उत्पन्न अनिकाल र कुपोषणका कारण ५८ जना प्यालेस्टिनीको ज्यान गएको गाजाका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यमका अनुसार २६ जना मृगौला पीडीतसहित खाना र औषधिको अभावका कारण थप २४२ जनाको मृत्यु भएको छ । यसैगरी इजरायली नाकाबन्दीको दुष्प्रभावले ८० दिनमा ३०० गर्भवती महिलाहरूमा स्वतः गर्भपात भएको जनाइएको छ ।
सञ्चारमाध्यले प्यालेस्टिनीमाथि लादिएको भोकमरीको कारण गाजामा बढ्दो मानवीय प्रकोपप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस्तो प्रवृतिको निन्दा गरेको छ । खाना चिकित्सा सेवा र इन्धनको प्रवेश रोक्न लगातारको नाकाकन्दी गाजाका २४ मिलियन भन्दा बढी प्यालेस्टिनीहरूको जीवनलाई खतरा पु¥याउन कदमलाई विनाशकारी मानवीय आपराधिक प्रवृतिको रूपमा चित्रण गरिएको छ । सञ्चारमाध्यमका अनुसार सन् २०२५ मार्च २ देखि इजरायलले गाजा पट्टीमा एकल मानवीय सहायता वा ईन्धन ट्रकको प्रवेशलाई अनुमति दिएको छैन ।
यी सबै सीमा मार्गहरूको बन्द अन्तर्राष्ट्रिय कानून र मापदण्डहरूको उल्लङ्घन भएको र यसप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण भएको रिपोर्टमा जनाइएको छ । रिपोर्टमा गाजाको मानवीय अवस्था हरेक कोणबाट विनाशकारी स्तरमा पुगेको जनाएको छ । अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्र संघ र मानवतावादी सङ्गठनहरूलाई सबै सीमा खोली गाजामा खाना, औषधि र इन्धनको प्रवेशलाई अनुमति दिई नागरिकको जीवन बचाउन आह्वान गरेका रिपोर्टमा उल्लेख छ ।
स्थानीय सञ्चारमाध्यमले अन्तर्राष्ट्रिय फौजदारी अदालत र मानव अधिकार तथा कानुनी संस्थाहरूलाई इजरायललाई युद्ध अपराधीको रूपमा मुद्दा चलाउन तथा नैतिक र कानुनी रुपमा जिम्मेवारी लिनुपर्ने जनाएका छन् । इजरायलले मार्च १८ मा गाजामा आफ्नो आक्रमण पुनः सुरु गरेपछि यस क्षेत्रमा आक्रमणमा परी १२ हजारभन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै कयौँ घाइते भएको जनाइएको छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया