अभिनेत्री वर्षा राउत ‘आयन भी’ ब्रान्डको ‘एन्डोर्सर’ नियुक्त

काठमाडौँ । नेपालमा ‘आयन’ इलेक्ट्रिक सवारीहरूको आधिकारिक विक्रेता सीजी मोटर्सले अभिनेत्री वर्षा राउतले आधिकारिक ब्रान्ड एन्डोर्सर नियुक्त गरेको छ।
अभिनेत्री राउतलाई आधिकारिक ब्रान्ड एन्डोर्सर नियुक्त गर्दै सीजी मोटर्सले ‘एक्स्ट्राअर्डिनरी आयन भी’ गाडीसमेत हस्तान्तरण गरेको हो।
नेपाली चलचित्र उद्योगमा आफ्नो आत्मविश्वासी उपस्थिति, सौन्दर्य तथा जीवन्त व्यक्तित्वका लागि परिचित राउत अब ‘आयन भी’ परिवारको हिस्सा बनेको सीजी मोटर्सले जनाएको छ।
बहुआयामिक क्षमता बोकेको ‘आयन भी’ ले समेत ईभी सेगमेन्टतर्फ नवीनतम प्रविधि, अत्याधुनिक डिजाइन, उच्चतम सुविधा तथा आरामदायक अनुभवमार्फत नयाँ मापदण्डहरू स्थापित गर्दै आएको छ।
सीजी मोटर्सका जीएम–सेल्स सुशील क्षेत्रीले भने,‘हामी वर्षा राउतलाई आयन भीको ब्रान्ड एन्डोर्सरको रूपमा स्वागत गर्न पाउँदा अत्यन्तै उत्साहित छौँ। उहाँको अग्रगामी सोच, आधुनिक जीवनशैली र सस्टेनेबिललिटीप्रतिको प्रतिबद्धता आयन भी को पहिचानसँग पूर्ण रुपमा मेल खान्छ। हामी मिलेर नेपालमा विद्युतीय सवारीको भविष्य पुनः परिभाष्ति गर्ने आशा राख्छौँ।’
‘आयन भी’ को ८–प्वाइन्ट मसाज सिट, इनबिल्ट फ्रिज र हिटर, प्यानोरामिक सनरूफजस्ता विशेषताहरूले प्रत्येक यात्रालाई विशेष, आरामदायी र सन्तुलित बनाउँछ।
‘आयन भी’ मा रहेको ७५.३ किलोवाट आवर क्षमताको ब्याट्री तथा ६५० किमीको रेन्जले लामो यात्रा पनि ढुक्कका साथ गर्न सकिने विक्रेता सीजी मोटर्सको भनाइ छ।
अभिनेत्री राउत भन्छिन्,‘आयन भी केवल गाडी होइन, यो एक अनुभव हो। यसको लक्जरी, स्मार्टनेस र व्यवहारिकता मेरो जीवनशैलीसँग गहिरो रुपमा मेल खान्छ। मसाज सिट, हिटिङ–कुलिङ, इनबिल्ट रफ्रिजरेटरजस्ता फिचरहरूले यो गाडीलाई अरू सबैभन्दा फरक बनाएको छ। यस्तो ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा म गर्व महसुस गर्दैछु।’
चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्स नवीन प्रविधि र विश्वव्यापी साझेदारमार्फत दिगो मोबिलिटी समाधान प्रदान गर्न समर्पित छ। नेपालमा ‘आयन ईभी’ को एकमात्र
आधिकारिक विक्रेताको रुपमा सीजी मोटर्सले देशलाई सफा र सशक्त भविष्यतर्फ अग्रसर गरिरहेको छ।

















HoR election: UML, NCP fail to register victory in Gandaki Province under direct system
काठमाडौं संसारकै तेस्रो वायु प्रदुषित शहरमा
आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
प्रतिक्रिया