रूसको अपार्टमेन्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु
मेरोन्यूज
२०८२ जेठ ९ गते १२:३४

रूसको चुकोतका स्वायत्त क्षेत्रको राजधानी अनादिरस्थित एक आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् ।
अनुसन्धान समितिले शुक्रबार दिएको जानकारीमा प्रारम्भिक अनुसन्धानले घरेलु उपकरणमा विद्युत चुहावट भई आगलागी भएको देखाएको छ । स्थानीय समयअनुसार बिहान ३ः१० मा अपार्टमेन्टको एउटा भान्सामा आगो लागेपछि आगोको लप्कासँगै धुवाँको मुस्लो जमिनभन्दा धेरै माथिसम्म देखिएको जनाइएको छ ।
आगलागीका कारण तीन पुरुष र एक महिलाको घटना स्थलमा नै मृत्यु भएको र एक जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जनाइएको छ । उक्त भवनबाट १७ जनालाई उद्धार गरी सुरक्षितस्थलमा लगिएको छ ।
हाल आगो नियन्त्रणमा आइसकेको र घटनाको अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।
सम्बन्धित










नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट
कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु
चितवनमा जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु
घरमा ढुङ्गा खस्दा हुम्लामा चार जना घाइते
एमाले महाधिवेशन : ४ सय मत खस्यो
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया