बाँके मालपोतका खरिदारसहित तीन जना घुससहित पक्राउ
मेरोन्यूज
२०८२ जेठ ९ गते १९:१७

काठमाडौं । बाँके मालपोत कार्यालय कोहलपुरको मुद्दा फाँटमा कार्यरत् खरिदार हरिचन्द्र पाण्डेसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्ने अन्यमा लेखापढी व्यवसायी शान्ति पुन र घनश्याम तिवारी छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित सम्पर्क कार्यालयको टोलीले शुक्रबार सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।
प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै घुस मागिरहेको उजुरी परेपछि अख्तियारको टोली गएको थियो।
उनीहरूला कोहलपुर नगरपालिका-११ तिवारी रेष्टुरेन्टबाट पक्राउ गरिएको प्रवक्ता पौडेलले जानकारी दिए। यसबारे आरोपीसँग अनुसन्धान भइरहेको उनले बताए।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया