राष्ट्रिय महिला रग्बी सेभेन्स प्रतियोगिता सोमबार

काठमाडौं। प्रथम सहिद स्मृति राष्ट्रिय खेलकुदअन्तर्गत सहिद स्मृति राष्ट्रिय महिला रग्बी सेभेन्स प्रतियोगिता सोमबार हुने भएको छ। सहिद स्मृति स्पोर्टस् एकेडेमीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापन र प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो।
नकआउट आधारमा हुने प्रतियोगितामा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाल आर्मी र नेपाल एपिएफ क्लब गरी सात टिमको सहभागिता रहने प्रतियोगिता संयोजक दीपक अधिकारीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ ।
विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई सात हजार नगदबाट पुरस्कृत गरिनेछ । खेलाडीहरूको एक लाख २५ हजारबराबरको खेल दुर्घटना बिमा गरिएको छ । सहभागी टिमलाई होटेल र एकतर्फी यातायात खर्च उपलब्ध गराइनेछ ।
प्रतियोगिता सञ्चालन गर्न करिब १९ लाख रुपैयाँ खर्च हुने बताइएको छ । त्यसमा ११ लाख आयोजक एकेडेमीले उपलब्ध गराउनेछ भने बाँकी रकम रग्बी संघले व्यवस्थापन गर्नेछ । एकदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया