मियाँले सम्हाले कर्णाली प्रदेश प्रमुखकाे जिम्मेवारी
मेरोन्यूज
२०८२ जेठ ११ गते १४:१९

काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कर्णाली प्रदेशकाे प्रदेश प्रमुखको कार्यभार सम्हालेका छन् ।
कर्णाली प्रदेशका प्रमुख यज्ञराज जाेशी उपचारका लागि अमेरिका प्रस्थान गरेपछि मियाँले आइतबार प्रमुखकाे कार्यभार सम्हालेका हुन् । आँखाकाे उपचार गर्न प्रदेश प्रमुख जाेशी अमेरिका जानुपर्ने भएपछि संघीय मन्त्रिपरिषद् बैठकले मियाँलाई कर्णालीकाे जिम्मेवारी दिने निर्णय गरेकाे थियाे ।
यसैबीच, कार्यवाहक प्रदेश प्रमुख मियाँलाई नेपाल मुस्लिम आयाेगले प्रतिवेदन बुझाएको छ । आयाेगका अध्यक्ष माेहम्मद दिनले कार्यवाहक प्रदेश प्रमुख मियाँसमक्ष आयोगले आर्थिक वर्ष २०८०/०८१ मा गरेका कामकाे प्रतिवेदन बुझाएका हुन् ।
सम्बन्धित









राजनीतिसँगै कृषि उत्पादनको व्यापारमा नेतृ दुर्गा राई
चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी
आज कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
आज साेमवारकाे विदेशी मुद्राको विनिमयदर
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
प्रतिक्रिया